१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

जन्तरखानीमा मोटरसाइल दुर्घटना:राई घाइते



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको सिद्धिचरण नगरपालिका वार्ड नं.–६, जन्तरखानी (साउनेडाँडा) मा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र.३–०२–०१३ प २८४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु थुलुङदुधकोशी ७ देउशाकी विपना राई घाइते भएकी हुन् ।
दिउँसो ३ः३० बजेको समयमा मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी एक सयम मिटर तल पल्टिन गई दुर्घटना हुँदा पछाडि सवार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट नेघाङ गाउँपालिका ७ का वर्ष २७ को हेबिङ लामा भने सकुशल रहेको सूचना अधिकारी सिंहको भनाइ छ । घाउकोमा चोट लागि घाइते भएकी राईलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : १८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित