ओखलढुंगा (रेडियो ओखलढुंगा )राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले जिल्लालाई आर्थिक बर्ष भित्रमा भूमिहिन सुकुम्बासी मुक्त जिल्ला घोषणा गर्ने लक्ष सहित काम गर्ने भएको छ । जिल्ला विकास समन्वय ओखलढुंगाको हलमा आज पत्रकार सम्मेलन गरि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले यस्तो लक्ष राखेको हो । उक्त, पत्रकार सम्मेलनमा हालसम्म भूमि आयोगले जिल्लामा गरेको कार्य विवरण राष्ट्रिय भूमि आयोग, जिल्ला समिति ओखलढुंगाका अध्यक्ष पुरुषेत्तमे अध्यक्ष लुईटेलले प्रस्तुत गर्नु भएको थियो । पालिकाले कार्यपालिकाको बैठक राख्ने हो भने भूमि आयोगले ७२ बहत्तर घण्टा भित्र नाम जाच गरि जग्गा दिन सक्ने अध्यक्ष लुईटेलले प्रतिवद्धता गर्नु भयो । २०७९ पौष ७ गते देखि हाल सम्म भूमिहिन सुकुम्बासीको निवेदन परेको कुल संख्या सिद्धिचरण नगरपालिका ८, मानेभञ्ज्याङ गाउपालिका १३, सुनकोशी गाउँपालिका ६, चिसंखुगढी गाउँपालिका २, मोलुङ गाउपालिका १४, चम्पादेवि गाउँपालिका , खिजिदेम्बा गाउपालिका र लिखु गाउँपालिका शून्य रहेको छ । निस्सा वितरण संख्या मानेभञ्न्याङ ७, सुनकोशी ५, मोलुङ १३, सिद्धिचरण नगरपालिका चम्पादेवी, खिजिदेम्बा, लिखु र चिसंखुगढी गाउँपालिका शून्य रहेको छ । भूमिहिन दलितको निवेदन संख्या सिद्धिचरण नगरपालिका ३, मोलुङ गाउँपालिका २ र सुनकोशि लगायत अन्य गाउँपालिकामा शून्य रहेको छ । त्यस्तै भूमिहीन दलित निस्सा वितरण संख्या मोलुङ गाउँपालिकामा २, अन्य गाउँपालिका र सिद्धिचरण नगरपालिकामा शून्य रहेको छ । अव्यवस्थित बसोबासीको निवेदन संकलन संख्या सिद्धिचरण नगरपालिका लगायत अन्य गाउँपालिकामा शून्य रहेको छ । वडा समिति, पालिका र कार्यपालिकाको सहजिकरण हुँदै आयोगसम्म विवरण आएपश्चात मात्र सुकुम्बासीहरुको जाँचबुझ गरि कार्य अघि बढाउनुपर्ने हुँदा स्थानिय तहको चासो कम र कानुनी झन्जटका कारण काममा ढिलाई भइरेको अध्यक्ष लुईटेलको भनाई छ ।
२ चैत्र २०८०, शुक्रबार
56
Shares