१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

नेकपा एमाले ओखलढुंगाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न



ओखलढुंगा (रेडियो ओखलढुंगा ) नेकपा एमालले ओखलढुंगा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रम उद्योग वाणिन्य ओखलढुंगाको हलमा आज (शनिबार) भएको हो । कार्यक्रको प्रमुख प्रशिक्षक, एमाले उप–महासचिव एवम् स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले रहनु भएको थियो । उप–महासचिव ज्ञवालीले बिग्रदै गरेको देशको अवस्था, स्थितिलाई सुधार्न र संकटग्रस्त अवस्थाबाट बचाउन नेकपा एमाले नयाँ सरकामा आएकोे बताउनु भयो । देशमा विकास, सुशासन, समृद्धि, भ्रष्ट्राचार नियन्त्रण गर्न र अर्थतन्त्रलाई सुधारमा ल्याउन एमालेले सरकारमा रहेर काम गर्ने ज्ञवालीको भनाई छ । उक्त, प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका अध्यक्ष एवम् प्रतिनिधि लगायत नेता कार्यकर्ताको सहभागीता रहेको नेकपा एमाले पार्टी स्कुल विभाग ओखलढुंगाका प्रमुख हर्कबोल राईले बताउनु भएको छ

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : ४० बजे