लिखु गाउँपालिकामा सञ्चालन भएको पालिका स्तरिय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता पुरुष तर्फ ओखलढुंगाको चम्पादेवी गाउँपालिका र महिला तर्फ भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । पुरुष तर्फ फाईनल खेलमा आयोजक लिखु गाउँपालिकालाई हराउँदै चम्पादेवीले उपाधि जितेको हो । प्रतियोगितामा पुरुष तर्फ लिखु तामाकोशी गाउँपालिका रामेछाप तेश्रो भएको छ । चिशंखुगढी गाउँपालिका ओखलढुंगा सान्त्वना भएको छ ।
यस्तै महिला तर्फ फाईनल खेलमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकालाई हराउँदै भोजपुरको आमचोक गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा तेश्रो र लिखु तामाकोशी गाउँपालिका रामेछाप चौंथो भएको लिखु गाउँपालिकाको सुचना अधिकारी प्रमोद भट्ठाराईले जनाकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र चौंथो समूहले क्रमशः नगद एक लाख ५० हजार, एक लाख, ७० हजार र ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको छ । प्रतियोताको पुरस्कार पुरुष र महिला दुवैलाई बराबर वितरण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा छिमेकी जिल्लाहरु रामेछाप, सोलुखुम्बु, भोजपुर सहित पुरुष तर्फ ९ टीम र महिला तर्फ ६ टिमले सहभागिता जनाएका थिए् । प्रतियोगिता लिखु गाउँपालिका वडा नं. ५ यसममा फागुण ३० देखी चैत ३ गते सम्म सञ्चालन भएको थियो ।
४ चैत्र २०८०, आइतबार
16
Shares