ओखलढुंगा , नेपाल शेर्पा विधार्थी संघको १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन चैत १० गते काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा हुने महाधिवेशनको सबै तयारी भएको १४ औं राष्ट्रिय महाधिवेशन मुल आयोजक कमिटीका सचिव फुर्वा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशनमा विभिन्न १६ वटा जिल्ला र काठमाडौँका १२ क्याम्पसबाट प्रतिनिधि र परिवेक्षकहरू सहभागी हुने फुर्वा छिरिङ शेर्पाले बताउनु भयो ।
संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ । विद्यार्थी संघ विगत तीन दशक देखि शेर्पा युवाहरुको शैक्षिक क्षेत्रमा सहभागीताका लागि वकालत गर्दै आइरहेको छ ।
सम्पूर्ण विधार्थीहरु माझ एक आपसमा सम्पर्क कायम राख्दै आफ्नो उत्थानका साथै हकहित संरक्षणका लागि एकजुट भएर उक्त राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन महाधिवेशन मुल आयोजक कमिटीका सचिव फुर्वा छिरिङ शेर्पाले देश भरिका सम्पूर्ण शेर्पा विधार्थी वर्गलाई अनुरोध गरेका छन्।