१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

करेन्ट लागेर महिलाको मृत्यु




ओखलढुंगा (रेडियो ओखलढुंगा ) विद्युत सर्ट भई आगलागि हुँदा एक महिलाको मृत्यु भएको छ ।ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ३ बोडीछापका खड्ग बहादुर थापाको घरमा विद्युत सर्ट भई आगलागि हुँदा उनका ५७ वर्षिय श्रीमती सिजन कुमारी थापाको मृत्यु भएको हो ।आईतबार बिहान साँढे ५ बजे अचानक विद्युत सर्ट हुँदा आगालागि भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिष्टर सिंहले जानकारी दिए । आगलागिबाट ढुंगामाटोको २ घरको छाना, काठपातहरु जल्दा ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ३४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित