१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

तेश्रो बलबहादुर राई मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा




ओखलढुंगा (रेडियो ओखलढुंगा )तेश्रो बल बहादुर राई मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकाको ब्याडमिन्टन कभर्डहलमा भोलिदखी सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगितामो तयारी पुरा भएको हो । प्रतियोगीता मानेभञ्ज्याङ्ग ब्याडमिन्टन क्लबको आयोजना र गाउँपालिकाको मुख्य प्रायोजक मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ को वडा कार्यलय रहेको छ ।प्रतियोगिता चैत २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत पालिका स्तरीय पुरुष डबल्स, जिल्ला स्तरीय मेन्स डबल्स, खुला महिला डबल्स, खुला मिक्स डबल्स, भेट्रान्स ३५ प्लस डबल्स, भेट्रान्स ४५ प्लस डबल्स तर्फ प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै ¥याङ्किङ २० बाहेक खुला पुरुष डबल्स र खुला भेट्रान्स डबल्स तर्फका प्रतियोगिता पनि सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता हुने पालिका स्तरीय पुरुष डबल्स तर्फ प्रथमले २० हजार, दोश्राले १२ हजार र तेश्रो हुनेले ३÷३ हजार प्राप्त गर्ने छन् । त्यस्तै जिल्ला स्तरीय मेन्स डबल्स, खुला महिला डबल्स, भेट्रान्स ३५ प्लस डबल्स, भेट्रान्स ४५ प्लस डबल्स र खुल भेट्रान्स डबल्सका तर्फका विजेताले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले ५÷५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै खुला मिक्स डबल्स तर्फ प्रथम हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले ५÷५ हजार प्राप्त गर्नेछन् भने खुला पुरुष डबल्स तर्फका (¥याङ्किङ २० बाहेक) प्रथमले नगद रु ४० हजार, दोश्रोले २५ हजार र तेश्रो हुनेले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । विजेताहलाई नगद सहित ट्रफि, मेडल्स र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ३१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित