२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सगरमाथामा रेडियो ओखलढुंगाको लोगो अंकित व्यानर फहराउने




ओखलढुंगा (रेडियो ओखलढुंगा) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालमा रेडियो ओखलढुंगाको लोगो अकिंत व्यानर फहराउने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ९ दोराखर्कका आङ पासाङ शेर्पाले रेडियो ओखलढुंगा १०५.६ मेगाहर्जको लोगो अकिंत व्यानर फहराउने भएको हो । बुधबार (आज) रेडियो ओखलढुंगाका सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र रुम्दालीले आरोही शेर्पालाई उत्त व्यानर जिल्लाको रमाईलोडाँडा स्थित रहेको रेडियो स्टुडियोमा हस्तान्तरण गरिएको हो । यस्तै नेपाल पत्रकार महासंघ ओखलढुंगाको लोगो अंकित व्यानर सगरमाथामा फहराउने भएको छ । महासंघ ओखलढुंगाकी उपाध्यक्ष बिनुमाया राईले आठौं पटक सगरमाथा आरोहण गर्नलागेका आरोही शेर्पालाई व्यानर हस्तान्तरण गरिएको हो ।

यस्तै शेर्पा पत्रकार महासंघ नेपालको लोगो अंकित व्यानर पनि सगरमाथामा फहराउने भएको छ । उत्त व्यानर शेर्पा सञ्चार समूह खिजीदेम्बाकी सचिव स्यारोन शेर्पाले हस्तान्तरण गरिएको छ ।

ङिमा एडभेन्चर नामक पर्वतारोही दलबाट एक विदेशी र शेर्पा सहित २ जना नेपालीले मौसमले साथ दिएमा मे २२ वा २३ तारिकमा आरोहण गर्ने तयारी रहेको सगरमाथा आरोही पासाङ शेर्पाले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ५८ बजे