१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

ओखलढुंगाको चार स्थानमा आगलागी




ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको चार स्थानमा आगलागी भइरहेको छ । जिल्लाको सिद्धिचरण खिजीदेम्बा , मोलुङ र चिसंखुगढी गाउँपालिकाको विभिन्न स्थानमा आगलागी भईरहेको हो । सिद्धिचरण नगरपालिकाको वडा नं.–४ स्थित बान्द्रे सामुदायिक वनमा विहीबार करिव १० : ३० बजेदेखी आगलागी भइरहेको छ भने । चिशंखुगढी गाउपालिका वडा नं.–१ सिसाखानि सामुदायिक वनमा बुधबार ६ः३० बजेबाट लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ । यस्तै चिशंखुगढि गाउँपालिका वडा नं.–५ शेर्ना बस्ने भोगेन्द्र सिंह थापाको निजि खरबारी पाखामा बिहीबार करिव ७ बजे देखी भएको आगलागी नियन्त्रण हुन सकेको छैन । खिजिदेम्बा गाउँपालिका वडा नं .–४ स्थित फोती सामुदायिक वनमा विहीबार करिव ६ बजेदेखी आगलागी भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिष्टर सिङले जनाकारी दिनुभयो । सम्बन्धित स्थान नजिक रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानियहरुले आगलागी नियन्त्रण प्रयास गरिरहेका छन । सबैक्षेमा लागेको आगोले तत्काले बस्ती भेटने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । यस्तै , मोलुङ गाउँपालिका वडा नं.–२ तल्लोटार बस्ने अष्ट सार्कीको काठको घरमा आगलागी हुदा ४ लाख बराबरको क्षती भएको छ । विहीबार विहान करिव ९ बजेको समयमा १ तले घरमा गाई बस्तुको लागि खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई घरमा आगोलागी हुँदा ४ लाख बराबरकोे क्षती भएको प्रहरीले जनाएको छ ।आगलागी बाट मानविय तथा चौपायाको क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : १८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित