२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

सिद्धिचरणले आगामि वर्ष दलित कार्यक्रम ल्याउने



ओखलढुंगा (रेडियो ओखलढुंगा) सिद्धिचरण नगरपालिकामा “जातिय भेदभाव अन्त्यमा संवैधानिक, कानूनी अधिकार र कानून कार्यन्वयनको भूमिकामा स्थानिय सरकार भन्ने विषयक कार्यशाला गोष्ठी गरिएको छ । आज दलित कल्यण संघको आयोजना र इलसिएको सहयोगमा “जातिय भेदभाव अन्त्यमा संवैधानिक, कानूनी अधिकार र कानून कार्यन्वयनको भूमिकामा स्थानिय सरकार, भन्ने विषयक गोष्ठी कार्यशाला गोष्ठी सम्पन्न भएको हो । आगामि बर्ष दलितको हक, हित र विपन्न दलितका आर्थिक स्थिति माथि उकास्न नगरपालिकाले कार्यक्रम ल्याउने सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । आज भएको कार्यशाला गोष्ठीमा प्रमुखले खनालले छुटइएको बजेटबाट दलितको हक हितका निम्ति दलित कल्यान संघ लगायत सम्पूर्ण दलित अधिकारकर्मी दलितका विभिन्न राजनितिक पार्टिका भाद्रीसंस्था सबै सँग छलफल र समन्वय गरेर नगर अथवा वडामा कार्यक्रम गर्ने प्रमुख खनालले बताउनु भएको छ ।
कार्यशाला गोष्ठिमा दलित विकासमा स्थानिय सरकार पालिकाले गर्ने भावि कार्यक्रमका २१ वटा बुदाहरु दलित कल्याण संघका केन्द्रिय अध्यक्ष मोतिलाल परियारले प्रस्तुत गर्नु भएको थियो । राज्यको सत्ता शक्ति स्रोत र उत्पादनमा दलितलाई समेटेर न्यायोचित कार्यविधि बनाउनुपर्ने दलित समुदायमा परम्परागत रुपमा गर्दै आएको जातिय पेशालाई आधुनिकीकरण गरेर निरन्तरता दिनका लागि नगर स्वयमले नियमाबली निर्माण गर्नु पर्ने लगायतका विषय वस्तुहरु बुदामा समेटिएको छ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यका निम्ति बनेको कानुन कार्यन्यन नभएको र दलितहरुले अझै पनि छुवाछुत, जातिय भेदवाभ लगायतका समस्याहरु भोग्नु पर्ने अवस्था रहेकाले यसलाई अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाँउबाट कदम चाल्न जरुरि देखिएको दलित कल्याण संघ ओखलढुंगाका जिल्ला सभापति, होम बहादुर विश्वकर्माले बताउनु भयो ।कार्यशाला गोष्ठिमा नगर प्रमुख, वडा अध्यक्षहरु दलित कल्याण संघका केन्द्रिय अध्यक्ष, दलित कल्याण संघ ओखलढुंगाका जिल्ला सभापति, विभिन्न संघ सस्थामा आवद्ध व्यक्तित्वहरु, विभिन्न पार्टिका सल्लाहाकारहरु, आमा समुहमा आवद्ध महिलाहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : २२ बजे