२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

पत्रकारितामा ओखलढुंगा स्मारिका सार्वजनिक




ओखलढुंगा(रेडियो ओखलढुंगा)नेपाल पत्रकार महासंघ, ओखलढुंगाले प्रकाशन गरेको ‘पत्रकारितामा ओखलढुंगा’ स्मारिका सार्वजनिक भएको छ । महासंघको १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित स्मारिका एक कार्यक्रमकावीच केन्द्रीय सदस्य सरीता बराईली राईले सार्वजनिक गर्नुभयो ।
ओखलढुंगाको पत्रकारितको इतिहास, वर्तमान अवस्था र भावि योजना लगायतका विविध आयमहरु समेटिएको स्मारिकाको प्रथम संस्कार सार्वजनिक गरिएको महासंघका जिल्ला उपाध्यक्ष विनुमाया राईले जानकारी दिनुभयो ।
स्मारिकामा तत्कालिन नेपाल पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री होमनाथ दाहाल, बरिष्ठ पत्रकार प्रध्यापक पुरुषोतम दाहाल, प्रज्ञा चेतनाथ धमला, पत्रकार विनोद दाहाल, बरिष्ठ पत्रकार तथा साहित्यकार विन्दिया प्रधान लगायतको विचार समेटिएको छ । त्यस्तै, नबोधित लेखहरुलाई समेत स्मारिकामा संग्रहित गरिएको अर्का उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । स्मारिकामा जिल्लामा महिला, दलित, साहित्यिक पत्रकारिताको अवस्था, पत्रकारितामा पछिल्लो पुस्ता, सञ्चार क्षेत्रको बजारको अवस्था, जिल्लामा क्रियाशिल पत्रकार, महासंघको स्थापनाका बारेमा लेखिएका विचारहरु समेटिएका छन् । त्यस्तै, जिल्ला शाखा स्थापनादेखि हालसम्मका कार्यसमिति, संस्थापक साधारण सदस्य, विभिन्न कार्यविधि, आर्थिक तथा सांगठनिक प्रतिवेदन, जिल्लाका सरकारी कार्यालयहरुको विवरण समेटिएको सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
शाखा अध्यक्ष लाक्पा जी शेर्पाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य यमन धनुवार प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, प्रहरी नायव उपरीक्षक कृष्ण खड्का लगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  २ : ४६ बजे