ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ जोखोरिया दुम्सेखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ ५ बजेको समयमा विलन्दुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सिद्धिचरण नगरपालिका ७ का २१ वर्षीय फुर्तेम्बा शेर्पाको मृत्यु भएको हो ।लु. ३ त ९९७४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा मोलुङ गाउँपालिका २ का ट्याक्टर चालक २५ वर्षीय अभय सुनुवार गम्भीर घाइते भएका छन् । घाईतेको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
४ बैशाख २०८१, मंगलबार
2
Shares