२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

शेर्पा संघ बागमती प्रदेशले शेर्पा जनप्रतिनिधिको चुनौती सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने



नेपाल शेर्पा संघ बागमती प्रदेश समितिले बैशाख १५ गते शनिबार राजधानी स्थित टिबेट इन्टरनेशनल बौद्धमा शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ राष्ट्रिय सभा सदस्य एवम् संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति माननीय सोनाम गेल्जेन शेर्पाको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने जनाएको छ

कार्यक्रममा प्रमुख वक्तामाको रुपमा ,विश्व शेर्पा संघ पुर्व अध्यक्ष एवम् नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष आङदोर्जे शेर्पा रहने नेपाल शेर्पा संघ बागमती प्रदेश समितिका अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिनुभयो विशेष वक्ता ,शेर्पा समुदायको पहिलो डा.लाक्पा नोर्बु शेर्पा टिप्पणी वक्ताको रुपमा रहने साथै शेर्पा समुदायको अग्रज र बागमती प्रदेशका प्रमुख जनप्रतिनिधि हरु बाट सम्बोधन हुने अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश भरिका विभिन्न जनप्रतिनिधिहरु र शेर्पा समुदायको विभिन्न तहको प्रतिनिधिहरुमा उपस्थितिको लागि शेर्पा संघ बागमती प्रदेशले अनुरोध गरेका छन्
शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत वर्तमान र भविष्यको विषयमा समुदायको बुद्धिजीवी विज्ञहरूबाट धारणहरु लिदै भविष्यमा साझ कार्यपत्र निर्माण गर्ने उदेश्य स्वरुप सक्षम समुदाय सबल नेतृत्व बन्ने मुल नाराको साथ कार्यक्रम आयोजना गर्ना लागेको आयोजक संस्थाले बताउनुभयो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : २३ बजे