१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

सामुदायिक वनमा लागेको आगोले एक घर जल्दा ५ लाख क्षती




ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको मोलुङ गाउँपालिका – १ कुन्तादेवीमा समाुदायिक वनमा लागेको आगोले एक घर जलेको छ । आज दिउँसो करिब १२ः ३० बजेको समयमा रानीवन सामुदायिक वनमा लागेको आगोले भेट्दा चिन्तामणी धमलाको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर जलेर नष्ट भएको हो ।आगलागीबाट धमलाको २ तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन फर्निचर र घर नजिकै रहेको गाईगोठ समेत पुर्ण रुपमा जलेर नष्ट हुदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिष्टर सिहले जानकारी दिनुभयो । आगलागीबाट मानविय तथा चौपायको क्षति भने नभएको सुचना अधिकारी सिंहले बताउनुभयो ।
आगोले अन्य घरहरु भेट्ने सम्भावना रहेकोले प्रहरी र नेपाली सेना द्धारा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : ३४ बजे