३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

बौद्धिक बहसः शेर्पा संघ वागमतीको अन्तरक्रिया




ओखलढुंगा । नेपाल शेर्पा संघ, बागमती प्रदेशले अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । शेर्पा समुदायका विभिन्न बौद्धिक व्यक्तित्वहरुको उपस्थितीमा अन्तक्र्रियात्मक विचार गोष्टि आयोजना गरिएको हो ।
शेर्पा जनप्रतिनिधिहरुको अवस्था, चुनौती र आगामी नेतृत्वका सन्दर्भमा छलफलमा राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, विश्व शेर्पा मञ्चका निवर्तमान अध्यक्ष आङ दोर्जी शेर्पा लगायतले आफ्नो धारण राख्ने कार्यक्रम रहेको प्रदेश समिति अध्यक्ष आङ छिरी शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा डा. लाक्पा नुर्बु शेर्पालाई टिप्पणीकारको रुपमा राखिएको छ भने पत्रकार पासाङ शेर्पाले सहजिकरण गर्ने गरी तयारी भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
होटल टिभेट इन्टरनेश्नलमा बैशाख १५ गते हुने कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने जनाइएको छ । शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत, वगर्तमान र भविष्यमा विज्ञहरुको धारणसहित साझा कार्यपत्र निर्माण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ४२ बजे