ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्लाको विभिन्न आठ स्थानका सामुदायिक वनमा आगलागि भईरहेको छ । बैशाख ११ गते देखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । सिद्धिचरण नगरपालिका वडा न. १ को ढाड सामुदायिक वनमा मा आज विहान ७ : २० बजे देखी र वडा २ को नागीडाँडा सामुदायिक वनमा मंगलबारबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको हो ।
चम्पादेवी गाउँपालिका ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायिक बनमा मंगलबार ११ : ५५ बजेबाट लागेको आगो नियन्त्रणमा आएको छैन । खिजिदेम्वा गाउँपालिका वडा न. ७ केसी भिरमा मंगलबार १ः२० देखी आगलागी भएको छ । यस्तै मोलुङ गाउँपालिका वडा न. २ तल्लोटार स्थित रानीवन सामुदायिक वन, मानेभञ्ज्याङ गाउँपालिका वडा न. ४ झम्कु सामुदायिक बन, लिखु गाउँपालिकाको वडा न. ५ र ६ मा पर्ने खोलाखर्क सामुदायिक वन, पोखरी स्थित व्यक्तीको निजी जंगलमा , आगलागि भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनु भयो । सम्बन्धीत स्थान नजीक रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानियहरुले आगलागि नियन्त्रण प्रयास गरिरहेका छन । सबैक्षेत्रमा लागेको आगोले तत्काल बस्ती भेटने सम्भावन नरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
१३ बैशाख २०८१, बिहिबार
62
Shares