३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ




ओखलढुंगा (रेडियो ओखलढुंगा)जबर्जस्ती करणी गरेको अभियोगमा वाक्साका एक पुरुष पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका नं.–२ वाक्सा चिलिङ्गका २६ वर्षिय टेकराम राई पक्राउ परेका हुन् । सुस्त मनस्थिती ‘ख’ वर्गको अपाङ्गता प्रमाणपत्र भएकी २२ वर्षीय महिलालाई २०८० मंसिर १४ गते जबर्जस्ती करणी गरेको आरोपमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो । राईलाई मानेभञ्ज्याङ –७ हर्कपुरबाट हिजो १६ गते आइतबार पक्राउ गरिएको हो ।सम्मानित ओखलढुंगा जिल्ला अदालतको आदेशअनुसार ६ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४५ बजे