८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

रुख काट्ने क्रममा हाँगाले लागेर एक जना घाईते




ओखलढुंगा (रेडियो ओखलढुंगा) दाहासंस्कारको लागि उतिसको रुख काट्ने क्रममा उतिसको हाँगाले लागेर एकजना घाईते भएका छन ।आज करिब ९ः३० बजेको समयमा स्थानियको दाहासंस्कारको लागि उतिसको रुख काट्ने क्रममा उतिसको हाँगाले लागी सिद्विचरण नगरपालिका वडा न. ९ ज्यामिरेका वर्ष ५० को लेख बहादुर बानिया घाईते भएका हुन । निजको सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा सामान्य उपचार पश्चात् रेफर भई थप उपचारको लागि काठमाडौं लैजान हेलीको लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्ष बालिष्टर सिंहले जानकारी दिनुभयो । बायाँ हात र दाहिने पट्टिको कन्चटमा चोट लागेकोले निजको अवस्था हाल गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ०७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित