२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

एक घरमा अगलागी हुदा १ लाख ५० हजार बराबरको क्षति




ओखलढुंगा (रेडियो ओखलढुंगा )एक घरमा आगलागी हुदाँ १ लाख ५० हजार बराबरको क्षती भएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ७ साप्रामा आज विहान ६ बजेको समयमा चुलामा बालेको आगो सल्किएर गंगामाया सुनुवारको एक तले घरमा जलेर नष्ठ भएको हो ।आगलागीबाट घरभित्र रहेका भाडावर्तन, अन्नपात, लत्ता कपडा, काठपात समेत जलेर नष्ट हुदाँ अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिष्टर सिंहले जानकारी दिनुभयो । मानविय र चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ११ : ४७ बजे