१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

ओखलढुंगामा अवैध उत्तिसको काठ सहितको ट्रक नियन्त्रणमा




ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा अवैध उत्तिसको काठ सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको लिएको छ । सोमबार साँझ जिल्लाको सिद्धिचरण नगरपालिका ५ वर्णालु स्थित लोड गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
ना.७ ख ६३१९ नम्बरको ट्रकको उदयपुर कटारी नगरपालिका ९ का २६ वर्षका चालक चेत बहादुर बुढाथोकी र धनकुटा पाख्रीबास नगरपालिका ५ का ५५ वर्षिय सहयोगी दुर्गा बहादुर कार्कीलाई उत्तिसको गोलिया काठ लोड गर्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिहले जानकारी दिनुभयो ।
काठ सहितको ट्रक, चालक, सहयोगी सबैलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय ओखलढुंगा पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : २२ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित