३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

डढेलोमा परि मृत्यु भएका परिवारलाई तिन लाख सहयोग




ओखलढुंगा (रेडियो ओखलढुंगा) डढेलोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले तिन लाख सहयोग गरेका छन । ओखलढुंगाको सिद्धिचरण नगरपालिका –१० बेतिनीमा बैशाख २४ गते भएको डढेलोमा परि पुन्यमाया धमला र उनका छोरा वर्ष १६ का कञ्चन धमलाको डढेलोमा परेर ज्यान गएको थियो । प्रारम्भिक राहत स्वरुप आगलागी पिडितकै घरमा पुगेर जिल्ला विपद उद्धार कोषबाट ३ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले जानकारी दिनुभयो । यस्तै नेपाली सेना दुर्गा बक्स गणमार्फत पिडित परिवारलाई चामल, दाल, तेललगायतको रासन सहयोग गरिएको छ ।पिडित भेटघाटका कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, नेपाली सेना दुर्गा बक्स गणका प्रमुख, जिल्ला प्रहरी कार्यलय प्रमुख, वडाअध्यक्षलगायत स्थानियहरुको उपस्थिती रहेको थियो । भेटघाटका क्रममा सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई एक लाख सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : १० बजे