१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

देशभर आंशिकदेखि साधारण बदली शनिवारसम्म नै पानी पर्ने सम्भावना




ओखलढुंगा ,पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । ६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ ।
पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् ।मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : २६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित