१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

पाँचौ खुल्ला तेक्वान्दो प्रतियोगिता भोलिदेखी सुरु हुदै




ओखलढुंगा (रेडियो ओखलढुंगा )सिद्धिचरण नगरपालिकामा भोलि देखी पाँचौ तेक्वान्दो प्रतियोगिता सुरु हुने भएको छ । मदरल्याण्ड तेक्वान्दो डोजाङको आयोजना तथा जिल्ला विकास समिति ओखलढुंगा, जिल्ला तेक्वान्दो संघ ओखलढुंगा र ओखढुंगा काठमानडौ खेलकुद समाजको सहआयोजनामा पाँचौ खुल्ला तेक्वान्दो प्रतियोगिता तथा आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम हुन लागको हो । सिद्धिचरण नगरपालिका ५ सानीटार स्थित राज्यलक्ष्मि माविको प्राङगनमा भोली विहान ११ बजे नगर उपप्रमुख केदार बाबु बस्नेतको प्रमुख आथित्यतामा प्रतियोगिताको उद्धघाटन गरिने जिल्ला तेक्वान्दो संघ ओखलढुंगाका उपाध्यक्ष अषेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन भोलि खेलाडी तथा विद्यार्थीहरुलाई शारिरीक व्यायम प्रशिक्षण तथा आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम प्रदान गरिने उहाँले बताउनुभयो । जिल्लामा यस अघिका वर्षहरुमा तेक्वान्दो प्रतियोगिता सञ्चालन भए पनि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम पहिलो पटक हुन लागेको मदरल्याण्ड तेक्वान्दो डोजाङका अध्यक्ष देवराज दाहालले बताउनुभयो । हरेक समय र परिस्थिती अनुसार आत्मरक्षाका लागि सक्षम हुनूपर्ने र तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने बताउँदै अध्यक्ष दाहालले विद्यार्थीहरुलाई यस सिकाईबाट फाईदा पुग्ने विश्वास लिएको बताउनुभयो । तेक्वान्दो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश १२ हजार, ७ हजार, र ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिता बैशाख २८ र २९ गते २ दिन सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १ : १९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित