१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

पौडी खेल्ने क्रममा सुनकोशी नदिमा एक बालक बेपता



ओखलढुंगा (रेडियो ओखलढुंगा) सुनकोशी नदिमा पौडि खेल्ने क्रममा पानीमा डुबी एक बालक बेपता भएको छ । सिन्धुलि गोलन्जर गाउँपालिका वडा न. १ घर भई हाल ओखलढुंगाको चिम्पादेवी गाउँपालिका वडा न. २ नवलपुर मावली घरमा बस्दै आएका अन्दाजी १० बर्षीय प्रवीण सुनुवार बेपता भएको हो । उनी आज १२ बजेको समयमा पानीमा डुवि बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिहले जानकारी दिनुभयो । प्रहरी चौकी पलापुबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई स्थानियबासीसगँ समन्वय गरी बेपत्ता बालकको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ०६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित