१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

पाँचौ तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति तेक्वान्दो डोजाङ प्रथम



ओखलढुंगा (रेडियो ओखलढुंगा )खुल्ला पाँचौ तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति तेक्वान्दो डोजाङ रामपुर प्रथम भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–ं ५ सानीटार स्थित राज्यलक्ष्मि माविमा शनिबार सम्पन्न तेक्वान्दो प्रतियोगीतामा ११ स्वर्ण, ७ रजत र ७ कास्य सहित सहिद स्मृति तेक्वान्दो डोजाङले उपाधी जितेको हो । ६ स्वर्ण ६ रजत र १ कास्यसहित नेचा सल्यान तेक्वान्दो डोजाङ सोलुखुम्बु उपबिजेता भएको छ । ३ रजत र १ कास्य सहित भैरव भिम तेक्वान्दो डोजाङ अधेरी तृतिय भएको छ । प्रतियोगितामा प्रथम द्धितिय र सान्त्वना भएकाले क्रमश नगद १२ हजार ७ हजार र ५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ७ ओटा डोजाङबाट १ सय १० जना खेलाडीहरु सहभागी रहेको थियो । पुरुषतर्फ मदरल्याण्ड तेक्वान्दो डोजाङका खेलाडी राजयान्जीस दाहाल र महिलातफ नेचा सल्यान तेक्वान्दो डोजाङ सोलुखुम्बुका खेलाडी अस्मीता बस्नेत उत्कृष्ट बनेका छन् । मदरल्याण्ड तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिता बैशाख २८ र २९ गते २ दिन सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ०७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित