१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

लिखुमा चट्याङक लागेर चार जना घाईत



ओखलढुंगा (रेडियो ओखलढुंगा )लिखुमा चट्याङक लागेर चार जना घाईते भएका छन । ओखलढुंगाको लिखु गाउँपालिका – ३ जोगी गाउँमा आज विहान चट्याङ लागेर चार जना घाईते भएका हुन । जोगी गाउँका स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ लाग्दा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कल्पना जोगी, छोरा अन्दाजी १६ वर्षीय आशिष जोगी, १३ र १० वर्षीया छोरीहरु पुजा जोगी र आरती जोगी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिहले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित