१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मोलुङमा भिरबाट झरेको ढुंगाले लागेर एक पुरुषको मृत्यु



ओखलढुंगा (रेडियो ओखलढुंगा) मोलुङमा भिरबाट झरेको ढुंगाले लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका – ३ बस्ने ७३ वर्षका जित बहादुर सुनुवारको बाख्रा चराउन गोठाला जाने क्रममा मसिने महभिरबाट अचानक ढुङ्गा झरी टाउकोमा लागेर मृत्यु भएको हो । घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १२ : ३६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित