८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

पाहा मार्ने क्रममा खोलामा डुबेर एक पुरुषको मृत्यु



ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगामा पाहा मार्ने क्रममा चिप्लिएर खोलाको दहमा लड्दा एक पुरुषको मृत्यु भएको छ । आइतबार चिशंखुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षिय सन्तोष राईको मृत्यु भएको हो । पाहा मार्ने क्रममा चिप्लिएर लडि खोलाको दहमा डुबी बेपत्ता भएका उनको प्रहरी टोली र स्थानीयको सहयोगमा खोज तलास गर्ने क्रममा आज विहान ७ ः३५ बजेको समयमा मृत्य लास फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिहले जानकारी दिनुभयो । कानुनी प्रक्रियाका लागी ओखलढुंगाबाट प्रहरी निरिक्षक सहितको टोलि खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : २० बजे