२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

जिल्लामा पहिलो पटक पाँच दिने साकेला सिली प्रशिक्षण सुरु



ओखलढुंगा (रेडियो ओखलढुंगा ) सिद्धिचरण नगरपालिकामा पाँच दिने साकेला सिली प्रशिक्षण सुरु भएको छ । ओखलढुंगा जिल्लामै पहिलो पटक किरात राई यायोक्खा ओखलढुंगाको आयोजना तथा सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिने साकेला सिली प्रशिक्षण सुरु भएको हो । मौलिक कला, संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्ने उद्धेश्यले साकेला सिली प्रशिक्षण आयोजना गरिएको किरात राई यायोक्खा ओखलढुंगाका अध्यक्ष थगेन्द्र राई बताउनुभयो ।
साकेला सिली सम्पूर्ण राईहरुको साझा नृत्यका रुपमा विकसित गर्दै जानु पर्ने मुन्धुमविद डा. शान्तिदेवि राईले बताउनु भयो छ । यस्तै ् सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले सबै भाषाभाषी जातजातिको संस्कार सस्कृति संरक्षणको क्षेत्रमा काम गर्न पालिका लागिरहेको बताउनुभयो । सिली प्रशिक्षण तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरण विहान ७ बजे देखि साढे ८ सम्म, दोस्रो चरण १० बजे देखि र तेस्रो चरण दिउँसो २ बजे देखि बेलुका ६ बजे सम्म समूहतगत रुपमा हुने अध्यक्ष राईले बताउनु भएको छ । संगितकार जितेन राई, मुन्धुमविद् डा. शान्तिदेवी राई र कलाकार निला राईले साकेला सिली प्रशिक्षण हुनेछन । थुलुङ बाहिङ, वाम्बुले, र जेरो राईहरुको जिल्लाका भिविन्न स्थानमा बसोबास रहेको छ । यस्तै थुलुङ राईको सेग्रो, बाहिङ राईको हङ सिली, वाम्बुले राईको खाउमो सिली र जेरो राईको नुल नाचने प्रचलन रहेको छ । सली प्रशिक्षण आज देखि जेठ पाँच गते सम्म सञ्चालन हुने भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : १७ बजे