१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

चिशंखुगढीमा भिरबाट लडेर एक जनाको मृत्यु



ओखलढुंगा (रेडियो) ओखलढुंगामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका –८ माम्खाका ५६ वर्षीय पदम बहादुर बस्नेतको रमिते भिरको ठाँडोखोला साईडमा खानेपानीको पाईप बनाउने क्रममा भिरबाट लडेर ज्याान गएको हो । आज करिव ४ः३० बजेको समयमा खानेपानीको पाईप बनाउने क्रममा भिरबाट लडेर ५०० सय मिटर तल झरेर टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भएका बस्नेतलाई तत्काल उपचारका लागी मोटर बाटोमा निकाल्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिङले जानकारी दिनुभयो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोली खटिगएको, जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ४३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित