८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मानेभञ्ज्याङमा चट्याङ लागेर एक पुरुषको मृत्यु



ओलढुंगा (रेडियो ओखलढुंगा ) मानेभञ्ज्याङमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ माथिल्लो रिचुवा बस्ने ६६ बर्षका तिलक बहादुर मगरको चट्याङ लागेर मृत्यु भएको हो ।बुधबार सुवाडाँडा सामुदायिक जङ्गलमा गोठाला गर्ने क्रमम बर्षातसगै परेको चट्याङ लागी मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । घटनाको बारेमा स्थानीयले प्रहरीलाई राती ९ बजेपछि मात्र जानकारी गराएको प्रहरीले जनाएको छ । प्रहरीले सूचना पाउनासाथ घटनास्थलमा मानेभञ्ज्याङ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको र शबको कानुनी प्रक्रिया पूरा गर्नका लागि विहिवार विहानै प्रहरी निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप प्रहरीको टोली घटनास्थलतर्फ गएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १ : ५६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित