८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

खिजीदेम्बामा ट्याक्टर दुर्घटनाः १ जना मृत्यु, ११ घाइते



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको खिजीदेम्बा वडा नं. १ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा वडा नं. ३, सेनीका १८ बर्षिय आयुष सुनुवार रहेको वडा नं. १ का अध्यक्ष कुमार सुनुवारले जानकारी दिनुभयो ।
घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । वडा नं. १ को अर्थिङ्गेमोडमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना भएको घाइतेहरुलाई उद्धार गरी मन्थलीस्थित जिल्ला अस्पतालतर्फ एम्बुलेन्समा राखी पठाइएको वडा अध्यक्ष सुनुवारले जनाएको छ । तिब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाको स्थलमा प्रहरी आइ पुगेको र थप अनुसन्धान भईरहेको जनाएको छ । दुर्घटनामा पर्ने ट्याक्टर ग्रिनभेन्चर हाइड्रो लिखु फोरको मजदुर लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो । ट्याक्टरमा १३ भन्दा बढी मजदुरहरु रहेको भन्ने जानकारी आएको र थप बुझ्ने काम भई रहेको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ५ : ३० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित