१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

ट्याक्टर दुर्घटना अपडेटः घाइते १८ जनाको पहिचान खुल्यो



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको खिजीदेम्बा वडा नं. १ मा ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएको थियो ।
ज्यान गुमाउनेमा वडा नं. ३, सेनीका २१ बर्षिय आयुष सुनुवार रहेको वडा नं. १ का अध्यक्ष कुमार सुनुवारले जानकारी दिनुभयो ।
खिजीदेम्बा गाउँपालिका वडा नं. १ रगनी होल्पुबाट लिखु–४ हाईड्रोपावर ड्यामसाईड बिमिरेतर्फ जाँदै गर्दा ट्याक्टरको ट्रली पल्टिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका सूचना अधिकारी बालिष्टार सिंहले जानकारी दिनुभयो । घाइतेको उद्धारका लागि प्रहरी चौकी रगनीबाट प्रहरी हवल्दार र इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीको भनाई छ ।
ट्याक्टरमा सवार रहेकाहरु २० जना मध्ये १२ जना घाईतेहरुको रामेछाप जिल्लाको सिरेसे स्थित स्थानीुय मेडिकलमा सामान्य उपचार पश्चात सोही हाईड्रोपावरको गाडीद्वारा थप उपचारको लागि काठमाण्डौ तर्फ लगिएको जनाइएको छ । घटनाको जानकारी पाउन साथ गम्भिर घाइतेहरुको उद्धारका लागि गाउँपालिका अध्यक्ष गम्बु शेर्पा काठमाडौंबाट कैलाश इयरको हेलीकोप्टर लिएर घटनास्थलतर्फ गएको अध्यक्षका स्वकीय सचिव ल्हमु शेर्पाले जानकारी दिनुभयो ।
घाईतेहरुको विवरण :

काठमाण्डौ तर्फ थप उपचारको लागि लगिएका घाईतेहरु ः–
१.) जिल्ला ओखलढुङ्गा खिजिदेम्वा गा.पा. ०३ बस्ने बर्ष २७ को सुनिल सुनुवार (गम्भीर घाईते),
२.) जिल्ला रामेछाप उमाकुण्ड गा.पा. ०७ भुजी बस्ने बर्ष २६ को मनोज नेपाली (गम्भीर घाईते),
३.) ऐ.ऐ. बस्ने बर्ष ३१ को श्याम बहादुर सुनुवार (गम्भीर घाईते),
४. ) ऐ.ऐ. बस्ने बर्ष २८ को श्याम कुमार श्रेष्ठ (गम्भीर घाईते),
५.) ऐ.ऐ. बस्ने बर्ष ७० को सञ्जय सुनुवार (गम्भीर घाईते),
६. ) ऐ.ऐ. बस्ने बर्ष २८ को होम बहादुर सुनुवार (गम्भीर घाईते),
७.) ऐ.ऐ. बस्ने बर्ष २५ को निर बहादुर थापा (सामान्य घाईते),
८.) जिल्ला खोटाङ हलेसी तुवाचुङ् न.पा. १ बस्ने बर्ष ४० को मन कुमार राई (सामान्य घाईते),
९.) जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गा.पा. ३ बस्ने मान बहादुर सुनुवार (सामान्य घाईते),
१०.) जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. ०२ बस्ने बर्ष ३३ को विकास राई (सामान्य घाईते),
११.) जिल्ला रामेछाप उमाकुण्ड गा.पा. ०७ भुजी बस्ने बर्ष १८ को मनीराज सुनुवार (सामान्य घाईते),
१२.) ऐ.ऐ. बस्ने बर्ष २८ को मणी सुनुवार (सामान्य घाईते)
स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात हाईड्रोपावर तर्फ गएका घाईतेहरुः–
१३.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको मनोज कुमार सुनुवार,
१४.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको रामदेव सुनुवार,
१५.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको देवराज सुनुवार,
१६.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको जीवन कुमार सुनुवार,
१७.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको सुशिल सुनुवार र
१८.) ऐ.ऐ. बस्ने बर्ष नखुलेको खेमराज थापा

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ०७ बजे