३ असार २०८१, आइतबार | Sun Jun 16 2024

सुनकोशीमा होमिस्टे तालिम सम्पन्न



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको सुनकोशीमा होमस्टे तालिम सम्पन्न भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ९ ककनीमा ७ दिने होमस्टे तालिम सम्पन्न भएको हो ।
वडा कार्यालयको समन्वय, घरेलु तथा साना उद्योेग कार्यालय ओखलढुंगाको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान काठमाडौंको साझेदारीमा शनीबार सम्पन्न भएको हो ।
सुनकोेशी ९ र ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र ककनीमा स्थानीयका लागि होमस्टे सम्बन्धि तालिम सञ्चालन गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताउनुभयो । तालिममा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष गरि जम्मा २५ जनाले सहभागीता जनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । तालिम समापन पछि ककनीमा होमस्टे संचालन गर्न नर बहादुर सुनुवारको नेतृत्वमा संचालक समिति समेत गठन गरेर “तीनछाङ्गे झरना ककनी सामुदायिक होमस्टे’’ नाम राखी दर्ता प्रकृया समेत अगाडी बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : ४६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित