दावा जाङ्बु शेर्पा काठमाडौं (ओखलढुंगा रेडियो ओखलढुंगा ) लामुजे बुल्बुले देखि झाप्रे सम्मको सबै मानेहरुको पुनर्निर्माण काम सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्र जाने बाटोमा प्रचीनकालमा निर्माण भएको माने पर्खालहरु पुनर्निमाणको यो तेस्रो तथा अन्तिम चरणको बाँकी ११ वटा मध्ये ६ वटाको जगदेखी नै निर्माण कार्य हिजो बाट सुरु भएको हो ।
लामुजे बुल्बुले आसपास देखि झाप्रे सम्मको सबै मानेहरु पुनर्निर्माण काम सुरुवात गरेको संस्थाका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो । प्रतिकुल मौसम, भौगोलिक विकटता र विभिन्न कठिनाईले गर्दा माने निर्माण कार्य दुई हप्ता भित्र सम्पन्न हुने गरि ३ समुह विभाजन गरेर काम गरिरहेको जनाएको छ । माने निर्माण कार्यमा ४० जना भन्दा बढी कामदारहरुले काम गरिरहेको उहाँले बताउनुभयो । पर्यटकिय क्षेत्रमा क्षतिग्रस्त भएको बौद्ध धर्मवलम्बीहरुको माने पुर्ननिर्माणमा समाजले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी काम गरिरहेको र उक्त ६ वटा माने निर्माणमा १६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको बताएको छ । स्थानीयहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य गरिएको पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाका महासचिव अम्बर तामाङले बताउनु भयो । मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य गरिएको महासचिव अम्बर तामाङको भनाई छ ।
७ जेष्ठ २०८१, सोमबार
172
Shares