ओखलढुंगा (रेडियो ओखलढुंगा )सोलुखुम्बुका कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६० मिटरको चुचुरोमा ३० औँ पटक आरोहण गरेका हुन । फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रुपमा उनले विदेशी आरोही लिएर आज विहान ७ ः ४९ बजे चुचुरोमा पाईला टेकेको बताइएको छ । योसँगै उनले यसै महिना २९ औँ पटक सगरमाथाको आरोहन तोडेका हुन ।
उनले गत वर्ष पनी एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए। ५४ वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन्।
९ जेष्ठ २०८१, बुधबार
52
Shares