३ असार २०८१, आइतबार | Sun Jun 16 2024

केत्तुकेमा जिपलाइनको काम सम्पन्न



ओखलढुंगा (रेडियो ओखलढुंगा )पर्यटकीय आकर्षण बढाउन केत्तुकेमा जिल्लाकै पहिलो जिपलाइन निर्माण सम्पन्न भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा पर्यटकीय पुर्वाधार साहसिक खेल मानिने जिपलाइन निर्माण भएको हो ।केत्तुके बजार नजिकै बुद्ध पार्क देखी सिरान टोल सम्म ४५० मिटर लामो जिपलाइन निर्माण गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताउनुभयो ४५ लाख लागतमा ठेक्का मार्फत जिपलाइन निर्माण गरिएको उहाँले बताउनुभयो । भोलि जेठ १० गते बुधबार बुद्ध जयन्तीको अवसरमा उक्त जिपलाइनको उद्घाटन गरिने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ६ : १३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित