२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नेतृत्वले बुद्धको शिल हासिल गरेमात्रै देशले काँचुली फेर्छः अध्यक्ष शेर्पा



काठमाडौं सार्वजनिक) । राज्य सञ्चालकहरुले बुद्धको शिल हासिल गरेमात्रै देशले काँचुली फेर्ने नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले दाबी गर्नुभएको छ । शान्तिका अग्रदूत्, महामानव गौतम बुद्धको २५६८ र्आैं जन्मजयन्तीको अवसरमा नेपाल शेर्पा संघबाट शुभकामना सन्देश जारी अध्यक्ष शेर्पाले यस्तो उल्लेख गर्नु भएको हो ।
शुभकामना सन्देशमा अध्यक्ष शेर्पाले भन्नु भयो ‘बुद्धको जन्मले नै आज मानव समाज, सभ्य, सहनसिल र आपसी एकता, भाइचारा र सदभावसहित सामाजिक अन्तरघुलनको माध्यमबाट अघि बढेको छ । बुद्धले दिएका पञ्चशीलहरु हिंसाबाट टाढा रहने, चोरी, व्यभिचार र मध्यपान नगर्ने ज्ञानलाई शिरोपर गर्न सके मानव जीवनका सारा दुःखकष्टा, अशान्तिबाट स्वतः मिल्छ । बुद्ध जन्मेको देश भरखरै शसस्त्र द्धन्द्ध, विभिन्न आन्दोलन र अशान्तिबाट विस्तारै मेलमिलाप र शान्तितिर लय लिँदैछ ।’
विश्व फेरि अशान्तितिर धकेलिरहेको प्रति दुःख व्यक्त गर्दै अध्यक्ष शेर्पाले ‘विभिन्न मुलुकहरु द्धन्द्धमा फसेको र यस्तो अवस्थामा बुद्धले देखाएको शान्तिको मार्गमा आम मानव जगतले अंगिकार गर्दै अघि बढ्नु अनिवार्य जस्तै भएको’ उल्लेख गर्नुभएको छ ।
अध्यक्ष शेर्पाले लोकतन्त्र स्थापनापछि स्थायी शान्ति पाई आम नेपाली नागरिकले अमनचयनसहित जीवनयापन गर्न पाउने आशा गरिएपनि राजनैतिक अस्थिरता र समाजमा फैलिँदै गएको विकृति र जघन्य घटनाहरुले ‘बुद्ध जन्मेको देशमा शान्तिको खोजी गर्नुपर्ने अवस्था’ सिर्जना भएको र सुखद पक्ष नभएको उल्लेख गर्नुभएको छ ।
बुद्धले दिएका अथहा ज्ञान, बाणीहरुलाई शिरोधर्य गरी आत्मसाथ गर्दै त्रिपिटकमा लेखिएका शिलहरुलाई ग्रहण गर्दै राज्य सञ्चालकहरुले लय लिने हो भने मुलुकले काँचुली फेर्ने समय नलाग्ने अध्यक्ष शेर्पाले दाबी गर्नुभयो । नेपाल अनेकन शिल्प, कल्प, ज्ञानका भण्डारको रुपमा विकास हुनुमा बुद्ध जन्मनुको समेत योगदान रहेको अध्यक्ष शेर्पाको भनाई छ ।
मावन जातिको सर्वाङ्गीण हितार्थ र विश्व शान्तिका लागि बौद्ध दर्शनको प्रवर्तक शाक्यमुनि बुद्धको विचार, त्याग र अभ्यासहरुलाई अनुसरण गर्न अध्यक्ष शेर्पाले शुभकामना सन्देशमार्फत अपिल समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ११ : २२ बजे