३ असार २०८१, आइतबार | Sun Jun 16 2024

खिजीदेम्बामा एक पुरुषको शव फेला



ओखलढुंगा (रेडियो ओखलढुंगाा )खिजीदेम्बामा बेबारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । खिजीदेम्बा गाउँपालिका – ८ मा रहेको खोला जलविद्युत आयोजनाको पानीको मुहान छेउमा एक पुरुषको शव सडे गलेको र नचिनिने अवस्थामा फेला परेको प्रहरीले जानकारी दिनुभयो । खिजीफलाटेबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : २९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित