३ असार २०८१, आइतबार | Sun Jun 16 2024

पर्यटकीय स्थल देम्बामा ऐतिहासिक मुक्ति मण्डल गुम्बा चैत्य निर्माण



ओखलढुंगा (रेडियो ओखलढुंगा ) नेपालको सात अग्लो डाँडा मध्य ३ हजार ३ सय ५० मि. को उचाईमा रहेको थोलेदेम्बा डाँडा एक रमणीय पर्यटकीय सहित प्राकृतीक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका विविध कुराहरुको प्रचुर संभावना बोकेको ठाउँ हो । यहाँबाट सगरमाथा लगायत ८ हजार मिटर अग्लो अन्य विभिन्न ७ हिमशृखलाहरुको मनमोहक दृश्यहरुको आनन्द लिन सकिन्छ ।
यस डाडामा ऐतिहासिक मुक्ति मण्डल गुम्बा चैत्य निमार्ण कार्य सु–सम्पन्न भएको छ । सय पर्यटकीय गन्तव्य सूचिमा परेको जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सबैभन्दा अग्लो रमणीय स्थल थोलेदेम्बा डाँडाको प्रमुख पर्यटकीय स्थानमा गुम्वा निर्माण कार्य सम्पन्न भएको हो । गुम्बा निर्माणको क्रममा प्रमुख लामाले धेरै चुनैतिको समान खेप्नुपरेको थियो । शेर्पा बुद्धिष्ट सेडुप केन्द्रका प्रमुख शेरप दोर्जे रिम्पोछेले सम्पूर्ण प्राणीको उदारको निम्ति पबित्र स्थल भएको र विश्व शान्ति र सम्पूर्ण प्राणीको हितको कामना होस् भनि उद्देश्यका साथ आफ््नै लगानीमा गुम्बा चैत्य निमार्ण गर्नु भएको हो । राजधानी काठमाडौं घर जग्गा नजोडी अत्यन्तै पबित्र रमाणिय ठाउँमा करोडौं खर्च गरेर गुम्बा निर्माण गर्नु भएको साथै कात्तिक महिनामा गुम्बा चैत्य उद्घाटन गरिने प्रमुख लामाले बताउनुभयो ।
गुम्बा चैत्य भित्र सुङा महत्वपूर्ण बहुमुल्य बस्तु हालेपछि गुम्बा निर्माण गर्दै गर्ने क्रममा बौद्धको बिचबाट ठुलो अचम्म खालको सबैलाई चकित पार्ने अमृत अर्थात् दुचि एक महिना सम्म उत्पन्न भएको त्यस पछि पाठ पुजा निरन्तर गर्दै आई रहेको र उक्त दुचि भगवानको शक्ति अत्यन्तै सुन्दर ठाउँमा निरन्तर पाठ पुजा गरेको हुनाले आफै शक्ति उत्पन्न भएर निस्केको प्रताक्षदर्शिहरुले बताउनुभयो । उक्त दुचि हेर्ने भक्तझनहरुको समेत धेरै ठाउँ बाट आएको प्रमुख लामाले बताउनुभयो । मुक्ति मण्डल गुम्बा चैत्य नेपालकै ऐतिहासिक नयाँ डिजाइन र नमुना गुम्बा चैत्य निर्माण भएको उनको भनाइ छ । मुक्ति मण्डल गुम्बा चैत्य निर्माण भए पछि ओखलढुंगाबासी हर्षित हुनुको साथै सिङ्गो नेपालकै इतिहासमा नमुना गुम्बा चैत्य निर्माण भएको स्थानीय बताउँछन् । शेर्पा बुद्धिष्ट सिडुप केन्द्रका प्रमुख शेरप दोर्जे रिम्पोछेको अतुलनीय मेहनत र नेतृत्वदायी भुमिकाले गर्दा यति राम्रो नमुना मुक्ति मण्डला गुम्बा चैत्य निर्माण भएको स्थानीयको भनाइ रहेको छ । यस गुम्बा चैत्यले ओखलढुंगा सोलुखुम्बु रामेछाप पर्यटन प्रबर्द्धन आगमनमा साथै सिगों देशको अर्थतन्त्रमै महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : १५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित