१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

खिजीदेम्बामा चट्याङ लागेर ३ जना घाईते



ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका – ५ निवारेमा चट्याङ लागेर ३ जना घाईते भएका छन । आज साझ ५ः४५ बजेको समयमा पानी सँगै परेको चट्याङ लागेर ३ जना महिला घाइते भएका हुन् । घाइते हुनेमा निवारे बस्ने ४५ वर्षिय दिलमाया सुनुवार, वडा नम्बर ५ चोपुरपलाकी ५२ वर्षिय बिष्णुमाया सुनुवार र रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ का ४० वर्षिय निर्मला सुनुवार रहेको जिल्ला प्रहारी कार्यालयका सुचना अधिकारी विजय कार्कीले जनकारी दिनुभयो । उनीहरुको अवस्था मध्यम रहेको र घाईतेहरुको खिजिफलाटे आधारभुत स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ३ : ४१ बजे