८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

जगडोलमा ध्यान केन्द्र र बुद्धको मूर्ति प्रतिस्थापन सम्पन्न



काठमाडौं । राजधानीको गोकर्णेश्वर ४ यज्ञडोल (जगडोल) मा ध्यान केन्द्र उद्घाटन तथा बुद्धको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तेन्जी शेर्पाको अगुवाईमा शेर्पा समाज नेपालले निर्माण गरेको ध्यान केन्द्र र बौद्धमूर्ति प्रतिस्थापन सम्पन्न भएको हो ।
२५६८ औं बुद्ध जयन्तीको अवसर पारेर तोलका टुल्कु ङावाङ लोजाङ रिन्पोछेले बुद्ध मूर्तिको प्राण प्रतिष्ठा तथा ध्यान केन्द्रको उघाद्घाटन सम्पन्न गरेको जनाइएको छ । ऐतिहासिक क्षेत्रहरुमा ध्यान केन्द्र स्थापना गरी बौद्ध तथा गैरबौद्धमार्गीहरुको सुविधाको लागि ध्यान केन्द्र स्थापना गरिएको अभियान्त शेर्पाले जानकारी दिनुभयो । विभिन्न व्यक्तिहरुको आर्थिक, भौतिक सहयोग र आफ्नो व्यक्तिगत लगानीमा स्तुपा निर्माण गरिएको उपाध्यक्ष शेर्पाको भनाइ छ । भविष्यमा ध्यान केन्द्रमा सबैले ध्यान, योग गर्न सकिने र सबैले उपयोग गर्न सकिने जनाइएको छ ।
जगडोल क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा समेत परिचित रहेको र धार्मिक आस्थाको केन्द्रको रुपमा समेत विकास गर्ने हेतुले ध्यान केन्द्र र बुद्धको मूर्ति स्थापना गरेको शेर्पा समाजले जनाइको छ । प्राण प्रतिष्ठा तथा बुद्ध जयन्तीको शुभकामना आदनप्रदान कार्यक्रममा पूर्व मन्त्री कृपा शुर शेर्पा, विभिन्न जिल्लाका शेर्पा अगुवाहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शेर्पा कलाकारहरुले श्याब्रु नृत्य समेत प्रस्तुत गरी अतिथिको स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १० : १४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित