ओखलढुंगा (रेडियो ओखलढुंगा) सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्र जाने बाटोमा प्रचिनकालमा निर्माण भएका माने पर्खालहरुको रूपमा रहेको माने पुनः निर्माण भएको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको विशेष अगुवाईमा पिक टाप्टिङ क्षेत्रभित्र रहेका १८ वटा पुराना भत्किएका सबै माने पुनः निर्माण गरिएको हो ।
वडा नम्बर १० टाप्टिङका स्थानीयहरु लगायत देशविदेशमा रहेका ब्याक्तित्वहरुको अर्थिक सहयोग साथै उपभोक्ता समूह मर्फत सोलुदुधकुण्ड नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र नेपाल मगर बुद्ध सेवा समाज टाप्टिङ्गको सहयोगमा वडा न. १० भित्र पर्ने १६ वटा पुरानो भत्केको र जिर्ण माने पर्खालहरु पुननिर्मण तथा मर्मत सम्भार आयोजनाको तेस्रो तथा अन्तिम चरणको सबै काम सम्पन्न भएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो । प्रतिकुल मौसम, भौगोलिक विकटता र विभिन्न कठिनाईका बवाजुत पनि पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले १८ वाट भत्किएको माने पुनः निर्माण तथा मर्मत सम्भार गर्न पाउँदा हर्षित भएको अध्यक्ष ङवाङ फुरी शेर्पाको भनाई छ । साथै जेसिविको सहायताले एउटा ऐतिहासिक पोखरी पनि सरसफाइ गरिएको छ । त्यस्तै झप्रेमा रहेको पुर्खाहरुले भनाएको ढुङगामा खोपिएको पुरानो माणीलाई रङ पेन्टिङ गरिएको र गोरेटो बाटो निर्माण गरि स्थानीय घुमफिर गर्न सक्ने बनाईएको महासचिव अम्बर तामाङले जानकारी दिनु भयो ।
बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १७ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा मर्मत गरिएको हो । पू्र्खाहरुले पुण्य आर्जन गर्ने बौद्ध दर्शनको प्रवर्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको हो ।
तेस्रो तथा अन्तिम चरणको माने पुन निर्माण तथा मर्मात सम्भार कार्यमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरू लाई पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि यस सस्थाले गर्ने बिशुद्ध सामाजिक कार्यमा यस्तै साथ र सहयोग को अपेक्षा गरेको छ ।
आउने एक महिना भित्र सम्पन्न भएका मानेहरु रप्ने गरेपछि सम्पूर्ण काम सम्पन्ना हुने संस्थाले जानाएको छ ।
२१ जेष्ठ २०८१, सोमबार
38
Shares