२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

आमा समुहलाई विषादी रहित खाना सम्बन्धि सचेतना गोष्ठी



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा आमा समुहलाई विषादी रहित खाना सम्बन्धि सचेतना गोष्ठी गरिएको छ । विषादी प्रयोग न्यूनिकरण गर्ने उदेश्यले प्रदेश कृषि मन्त्रालयको वार्षिक कार्यक्रम अन्र्तरगत कृषि ज्ञानकेन्द्र ओखलढुंगाको आयोजनामा आमा समुहलाई विषादी रहित खाना सम्बन्धि सचेतना गोष्ठी गरिएको हो । बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्य, प्राणी र वातावरणमा प्रतिकुल असर पर्ने भएकाले विषादी रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएकोे कृषि ज्ञानकेन्द्र ओखलढुंगाका वागवाणी अधिकृत टिका बानियाँले जानकारी दिनुभभयो । आमाहरु भान्सामा धेरै खटिने भएकाले केरसाबारमिा विषादी रहित तरकारी उत्पादन र विषादी प्रयोग गरेर खाएका तरकारिहरु कस्ता हुन्छन र विषादीले कस्ता कस्ता असर गर्छे भन्ने विषयमा आमाहरुलाई जानकारी गराइएको उहाँले बताउनुभयो । बार्षिक कार्यक्रम अन्र्तरगत ३ वटा कार्यक्रम रहेकोले हिजो जिल्लाको सिद्धिचरण नगरपालिका १० आमजानीका आमा समुहका २६ जनालाई सचेतना गोष्ठी गरिएको थियो । यस्तै आज सुनकोशी गाउँपालिका ८ का आमा समुहका २७ जनालाई सचेतना गोष्ठी गरिएको कृषी ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : ४४ बजे