ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका –१ रगनीमा घरमा आगलागी भएको छ ।
आज ७ :३० बजेको समयमा लाल बहादुर सुनुवारको घरमा अचानक विद्युत सट भई आगलागी भएको हो । प्रहरी चौकी रगनीमा स्थानियबासिले जानकारी गराउना साथ प्रहरी चौकी रगनीबाट प्रहरी टोलि खटिगई नेपाल प्रहरी र स्थानियबासी समेतको सहयोगमा उक्त आगो ८ :४० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
आगोले घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन अन्नपात टिभी ,दराज र नगद चालिस हजार जलि नष्ट भएको र घर आंशिक रुपमा क्षति भएको तथा मानविय चौपायको क्षति नभएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगा जनाएको छ ।
२२ जेष्ठ २०८१, मंगलबार
104
Shares