ओखलढुंगा , ओखलढुंगामा विश्व वातवरण दिवसको अवसरमा वृक्षरोपन गरिएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने नाराका साथ आज विश्व वातावरण दिवसको वृक्षरोपन गरिएको हो ।
डिभिजन वन कार्यालय, भू–तथा जलाधार व्यवस्थापन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिती ओखलढुंगाको सयुक्त आयोजनामा सिद्धिचरण नगरपालिका – १२ स्थित लागीगुराँस इङलिस स्कुलको परिसरमा विभिन्न जातका विरुवा रोपिएको हो ।
वृक्षरोपन कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले ५५ बोट तेजपत्ता, धुपी, कलकी लगायतका विरुवाहरु रोेपेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।
यस्तै दिवसको अवसरमा रामपुरमा वृक्षरोपण र सरसफाई गरिएको छ । विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै शहिद आदर्श क्याम्पस रामपुरमा २० भन्दा बढी धुपीका बिरुवा रोपिएको जनाएको छ ।
२३ जेष्ठ २०८१, बुधबार
44
Shares