ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ सिस्नेरीमा आधारभूत उद्यमशिलता,सिलाई कटाई र कम्प्युटर तालिम आज सम्पन्न भएको छ ।
सुनकोशी गाउँपालिका–४ सिस्नेरीको आयोजना र घरेलु तथा साना उद्योग ओखलढुंगाको समन्वयमा गत फागुन १३ गते बाट संचालन भएको तालिम आज सम्पन्न भएको हो ।
उद्यमशिलता विकास तालिमबाट स्थानियलाई व्यावसायी र उद्यमि बनाउने उद्देश्यले वडामा तालिम सञ्चालन गरिएको वडा अध्यक्ष टायन्द्र राईले बताउनुभयो । यस्तै तालिममा आधारभूत तहको सिकाई मात्रै भएको र आगामि दिनमा अझ थप सिपमूलक तालिम सञ्चालन गर्नको लागि पहल गर्ने अध्यक्ष राईको भनाई छ । तालिममा उद्यमशिलता विकास तालिम ८ दिन, आधारभूत सिलाई कटाई तालिम र आधारभूत कम्प्युटर तालिम ३ तिन महिना सञ्चालन भएको वडा कार्यलयले जनाएको छ ।
२३ जेष्ठ २०८१, बुधबार
48
Shares