२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

खिजीदेम्बामा तरकारी खेती सम्बन्धी तालिम सम्पन्न



ओखलढुंगा (रेडिायो ओखलाढुंगा )खिजिदेम्बा गाउँपालिका – ६ बन्सेका कृषकहरुलाई तिन दिने तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । रेष्क्यु नेपालको आयोजना र खिजीदेम्बा गाउँपालिका – ६ वडा कार्यलय , खिजीदेम्बा गाउँपालिकाको समन्वयमा ३७ जना कृषकहरुलाई तालिम दिइएको हो । वडाका कृषी समुहहरुबाट ३७ जना कृषक छनोट गरि तालिम दिइएको वडा अध्यक्ष पासाङ निमा शेर्पाले बताउनु भयो । गाउँपालिकामा अर्गानिक तरकारी उत्पादन गर्ने उद्धेश्यले तालिम दिइएको जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  २ : १६ बजे