८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

चिसंखुगढीमा विद्युत सर्ट भई एक घरमा आगलागि



ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुङगाको चिसंखुगढी गाँउपालिका वडा न. २ मा विद्युत सर्ट भई एक घरमा आगलागि भएको छ । आज विहान करिब ११ बजेको समयमा सोहि स्थान बस्ने गोपाल सार्कीको २ तले घरमा अचानक विद्युत सर्ट भई आग लागि भएको हो । आगलागि भएको खबर प्राप्त भए लगतै प्रहरी चौकी खानिभञ्ज्याङबाट खटिएको प्रहरी टोली र स्थानिय बासिहरुको सहयोगमा दिउँसो १२ ः २० बजेको समयमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनु भयो । आगोले घर, घर भित्र रहेको लत्ता कपडा, भाडावर्तन, अन्नपात र नगद २,५०,०० जलि नष्ट भएको छ, भने मानविय चौपायको क्षति नभएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ९ : १० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित