ओखलढुंगा (रेडियो ओखलढुंगा) दिमिल आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । सोलु दुधकुण्ड नगरपालिका वडा १० टाप्टिङ निवासी हाल काठमाडौं बौद्ध बस्नुहुने पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंका अध्यक्ष ङवाङ फुरी शेर्पा द्वारा सोलु दुधकुण्ड नगरपालिका वडा नं.–१० टाप्टिङ दिमिल आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नु भएको हो । विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आङ बाबु शेर्पाले जानकारी दिनुभयो ।
समग्री वितरण गर्दै शेर्पाले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुको शैक्षिक योग्यता बढाउन आफ्नो तर्फबाट सानो सहयोग गरेको बताउनु भयो ।
‘शिक्षाको विकास नभई देशको विकास हुन सक्दैन भन्ने मुल मन्त्रका साथ मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको शेर्पाल भन्नुभयो । ‘सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे देशले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सक्ने शेर्पाको बताउनु भयो ।
२७ जेष्ठ २०८१, आइतबार
0
Shares